९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न विभिन्न ६ वटा प्राध्यापक संगठनहरूले माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न माग गरेका हुन् ।
विश्वविद्यालयका प्राध्यापक सङ्घ सङ्गठनहरूले उपकुलपतिलाई बुझाइएको ज्ञापनपत्रमा विभिन्न १५ बुँदे मागहरू अघि सारेका छन् । उपकुलपति बरालकाे नियुक्तिपछि त्रिविमा नयाँ नियुक्ति तथा सरुवामा मनोमानी गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
आफ्नो नियुक्ति पश्चात् नै वैचारिक सङ्घ/ सङ्गठन, विद्यार्थी, प्राध्यापक तथा कर्मचारीमाथि विभिन्न खालका धारणा राखेको भन्दै ती धारणा तथा गरिने व्यवहार नेपालको संविधानको धारा १७ को (घ) मा उल्लिखित सङ्घ सङ्गठन खोल्ने हक तथा त्रि. वि. ऐन, नियम र विनियम विपरीत रहेको उनीहरूले स्मरण गराएका छन् ।
नेपालको संविधान र विश्वविद्यालयको कानुनले व्यवस्था गरेको प्राज्ञिक स्वतन्त्रता र संस्थागत स्वायत्ततामाथि धावा बोल्दै शिक्षामन्त्रीको उपस्थितिमा त्रिवि परिसरमा गरिएको पत्रकार सम्मेलन विश्वविद्यालयको स्वायत्ततामा गरिएको हस्तक्षेप भएकाले यस्ता कार्यहरू तत्काल बन्द गर्न माग गरेका छन् ।
त्यस्तै नेपाल सरकारले प्रस्ताव गरेको उच्च शिक्षा विधेयक २०८० सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको आधिकारिक धारणा सार्वजनिक गरिनुपर्ने समेत उनीहरूको माग छ ।
विश्वविद्यालयको नियमित शैक्षिक एवं प्राज्ञिक क्रियाकलापको सुनिश्चितता गर्न एकै मितिमा विद्यार्थी भर्ना, परीक्षा र नतिजा प्रकाशनको क्यालेन्डर निर्माण गरी अविलम्ब लागु गरिनुपर्ने माग उनीहरूको छ ।
सभा (कन्फरेन्स) उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरी वार्षिक परीक्षाको नतिजा ९० दिनभित्र र सेमेस्टर प्रणालीको परीक्षा नतिजा ६० दिनभित्र प्रकाशन गर्ने व्यवस्था गरिनुपर्ने र परीक्षासम्बन्धी गोप्य डाटा राखिने सफ्टवेयरलाई अमुक व्यक्तिको नियन्त्रणबाट विश्वविद्यालयको मातहतमा ल्याई हरेक सूचना प्रणाली व्यवस्थित गरिनुपर्ने उनीहरूको माग छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण