नेपथ्यले डिसेम्बर १४मा सिड्नीका दर्शक झुमाउने
अष्ट्रेलिया– नेपालको चर्चित सांगितिक ब्याण्ड नेपथ्य अहिले अष्ट्रेलियाको सांगितिक यात्रामा छ ।
१९ नोभेम्बर देखी ब्रिसबेनबाट सुरु भएको सांगितिक यात्रा अस्ट्रेलियाका बिभिन्न राज्य हुँदै डिसेम्बर १४ मा सिड्नीमा हुने भएको छ । ‘नेपाली टच’ अस्ट्रेलियाको आयोजनामा ‘नेपथ्य लाइभ इन सिड्नी–२०१९’ नाम दिइएको सो सांगितिक कार्यक्रम सिड्नी स्थित विग टप लुना पार्कमा हुन लागेको हो ।
नेपाली दर्शक तथा स्रोतामा नेपथ्य निकै नै रुचाइएको ब्याण्ड हो । गायक तथा अमृत गुरुङका फरक शैलीका गीतहरु दर्शक माझ निकै चर्चित छन जसले गर्दा नेपथ्यले आफ्नो छुट्टै स्थान बनाएको छ । नेपथ्यको देश देखि विदेशसम्म निकै उल्लेख्य दर्शकहरुको भिड हुने गर्छ । नेपाली टचको सम्योजनमा नेपथ्यले अस्ट्रेलियामा यसअघी पनि निकै भब्य कन्सर्टहरु गरिसकेको छ ।
एक्सपर्ट एजुकेशनको मुख्य प्रायोजनमा हुने उक्त्त कन्सर्टको लागि सिड्नीमा रहेका कलाकारहरुको पनि प्रस्तुती रहने आयोजक नेपाली टचका संयोजक दिपेश पुनले जानकारी गराए । अर्का नेपाली टचका संयोजक राजकुमार गोस्वामिका अनुसार विग टप लुना पार्क हलमा ३ हजार दर्शक अट्नेछन् सोही अनुसार कन्सर्टमा ३ हजार नै दर्शक आउने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियाको विभिन्न सहरमा श्रृंखलाबद्ध सांगितिक प्रस्तुति दिने क्रममा नेपथ्यले मंगलबार अस्ट्रेलियाको एडीलेडमा सांगितिक प्रस्तुति दिइसकेको छ । त्यसैगरि डिसेम्बर ८ तारिक होबर्टमा प्रस्तुती दिएर डिसेम्बर १४का लागि नेपथ्य सिड्नी आउने छ भने नेपथ्यको अन्तिम प्रस्तुती डिसेम्बर २३ तारिक मेलवर्नमा हुने आयोजकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण