बुरुण्डीमा भीषण पहिरो, ३८ जनाको मृत्यु
बिहीबार, १९ मङ्सिर २०७६, २३ : ०४
बुजुम्बुरा । बुरुण्डीमा आएको पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरोका कारण ती मानिसको मृत्यु भएको हो । अत्यधिक बर्षापछि बुधबार ठूलो पहिरो आएको स्थानीयले जनाएका छन् ।
पहिरोका कारण तीन ठाउँमा मृत्यु भएकाहरुको जोडेर ३८ पुगेको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिरे कुरिकियले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार न्युम्पुँदुबाट २२, गिकोमेरोबाट तीन र रुकोम्बेबाट १३ मृत शरीरलाई पहिरोबाट झिकिएको छ ।
बिहीबार दिउसो ४ बजेतिर आएको अत्यधिक बर्षा र पहिरोका कारण थप केही घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । कुरिकियेले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउँदै घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण