सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले अर्को गोल गर्यो, माल्दिभ्स २–१ ले पछाडि

शनिबार, २१ मङ्सिर २०७६, १४ : ४४
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार पुरुष फुटबलतर्फ नेपाल र माल्दिभ्स बीचको खेल जारी छ । जारी अवस्थामा नेपाल २–१ ले अघि छ । 

दशरथ रङ्गशालामा जारी खेलमा मध्यान्तरसम्ममा दुवै टिमले १–१ गोल गरेकामा नेपालले खेलको ५२ औं मिनेटको अर्को गोल थपेको हो । 
अनन्त तामाङले ५२ औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा गरेका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप