भक्तपुरमा छुरा प्रहार गरी फरार ३ जना पक्राउ
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरि फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलविनायक बसपार्कस्थित विवाहमा जन्त गई फर्कन लागेका भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षका गंगाप्रसाद प्रजापतिलाई ३ जनाले छुरा प्रहार गरेका थिए ।
छुरा प्रहरी गरि फरार रहेका भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने बर्ष १९ को रामशेखर शिलाकार, सोही स्थानको बर्ष १९ को समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं. ६ घर भई हाल बोडे भक्तपुर बस्ने बर्ष १९ को प्रविण बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
छुरा प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गरेको प्रहरीले जानकारी दिएको छ ।
वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले गोप्य रुपमा प्राप्त सुचनाको आधारमा उनीहरुलाई शनिबार च्याम्हासिंहबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले बताएको छ । प्रहरीले शिलाकारको साथबाट ४ सय ग्राम सुकेको गाँजा समेत बरामद र प्रहरी वृत्त जगातीमा राखको र कानुनी कारवाहीको लागि भक्तपुर जिल्ला अदालत पेश गरेको छ ।
अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन