तमु ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै गुरुङ समुदायद्वारा प्रदेश ५ मा प्रदर्शन
बुटवल । प्रदेश – ५ मा तमु ल्होसार (पुस १५) मा सार्वजनिक बिदा दिन माग गर्दै गुरुङ समुदायले प्रदर्शन गरेका छन् । आइतबार बुटवलमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको नेतृत्वमा सामाजिक विकास मन्त्रालय अगाडि मिलनचोकमा प्लेकार्डसहित प्रदर्शन भएको हो ।
जातीय भेषभुषामा उपस्थित गुरुङ समुदायले भुड्किचोकदेखि मिलनचोकसम्म मुख्य राजमार्गको पश्चिमतर्फ प्रदर्शन गरेका हुन् । उनीहरुले ल्होसारमा सार्वजनिक बिदा दिनुपर्ने, धर्म निरपेक्ष राष्ट्रमा सांस्कृतिक विभेद अन्त्य गरिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्डसहति प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि सामाजिक विकास मन्त्रालय अगाडि आयोजित कोणसभामा गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सहकोषाध्यक्ष टौबहादुर गुरुङले सरकारले आदिवासी जनजातिका तमु ल्होसारसहित उधौली उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा नदिएमा आदिवासी जनजाति महासंघको नेतृत्वमा सशक्त आन्दोलनमा उत्रिने बताए ।
ल्होसारमा सार्वजनिक बिदा माग गर्दै सोमबार प्रदेश ५ का मुख्यमन्त्रीमार्फत ज्ञापन पत्र बुझाउने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण