फुटबल : एपिएफको पहिलो जित
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपिएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो ।
जितसँगै एपिएफ ११औँ स्थानमा उक्लेको छ भने पराजित सरस्वती अङ्कविहीन रहँदै अङ्कतालिकाको अन्तिम स्थानमा छ । यस खेलसँगै चार खेल खेलेको एपिएफले भने एक जित, एक बराबर र दुई हारसँगै चार अङ्क जोडेको छ ।
एपिएफको जितमा आशिष लामा नायक बने । उनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । आशिषले गोल गरेलगत्तै सरस्वतीका विनोद केसीले एक गोल फर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण