आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?

आइतबार, २४ जेठ २०८३, १७ : ०३
आइतबार, २४ जेठ २०८३

सारांश

  • भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन भएको छ ।
  • यसले नेपाल र भारतमा आयआर्जन गरिरहेका व्यक्तिलाई रकम पठाउन सहज हुनेछ ।
  • यो सम्झौतापछि नेपालमा बस्नेले भारतीय नागरिकले दैनिक १५ हजार भारु र मासिक २ लाख भारुको सीमामा बैंकबाट बैंकमा रकम पठाउन सक्नेछन् ।

काठमाडौँ । भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन भएको छ । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार क्रस ब्रोडर पी–टू–पी सेवा सुरुवात गरेका हुन् । 

भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको प्रणालीबीच आबद्धता कायम गरी यो सम्झौता कार्यान्वयन गरिएको हो । यसले नेपाल र भारतमा गएर अस्थायी बसोबास गरी आयआर्जन गरिरहेका व्यक्तिलाई रकम पठाउन सहज हुनेछ ।

सन् २०२० मा नेपाल र भारतबीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता भएको थियो । तीन वर्षपछि यो सेवा कार्यान्वयनमा आएको हो । यो सम्झौतापछि नेपालमा बस्नेले भारतीय नागरिकले दैनिक १५ हजार भारु र मासिक २ लाख भारुको सीमामा बैंकबाट बैंकमा रकम पठाउन सक्नेछन् । 

भारत बस्ने नेपालीले भने प्रतिपटक दुई लाख भारूसम्म पठाउन सक्नेछन् । यो भारतीय रिजर्भ बैंकले तोकेको सीमा हो । 

अहिले नेपालबाट भारत जाने व्यक्तिले क्युआरमार्फत् भुक्तानी गर्ने व्यवस्था भने अझै सुरु भएको छैन । यसका लागि पी–टू–एम (पर्सन टू मर्चेन्ट) सेवाको सुरु हुनुपर्ने नेपाल क्लियरिङ हाउसका सीईओ निलेशसिंह प्रधान बताउँछन् । 

यो सम्झौतासँगै नेपालका बैंकहरुले यस्तो प्रणालीको सुरुवात गरिसकेका छन् । अहिले आधा दर्जन बैंकबाट यस्तो भुक्तानी सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप