भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा १ जना पक्राउ
शुक्रबार, २५ पुस २०७६, १३ : ०५
मोरङ । आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको बेलबारी नगरपालिका–७ केराटोल बस्ने ४० वर्षीय जगतबहादुर परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी बिवाद हुँदा जगतबहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ