२ अर्बको १ करोडको अवैध कारोबार गर्ने नेपाली युवकको भारतमा अर्कै नाम
काठमाडौँ । अनलाइन जुवामार्फत २ अर्ब १ करोड कारोबार गरेको अभियोगमा पक्राउ परेका नेपाली युवक अनिल ढुंगानाले भारतीय परिचयपत्रहरु समेत बनाएको पाइएको छ । उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको सोमबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
यस्तै उनको साथबाट एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत बरामद भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा जुवा ३६५ नामक फेसबुक पेज समेत खोलेर आबद्ध भएका साथीहरुलाई बेटिङ जुवामा सहभागी गराइ वुवा ३६५ बेटिङ वेबसाइटको आधिकारिक मालिक आफैँ रहेको भनि युजरहरुलाई विश्वास दिलाएर उक्त कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।
काभ्रे घर भई हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएका उनले बैंकमार्फत ६१ कारोड ६४ लाख ५९ हजार १२० रुपैयाँ कारोबार गरेको खुलेको छ । यस्तै डिजिटलवालेटमार्फत ५ करोड ९३ हजार ७८२ रुपैयाँ तथा क्रिप्टोकरेन्सीमार्फत १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।
उनले विभिन्न व्यक्तिहरुको नाममा रहेका ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंकखाता लिंक गरेर कारोबार गरेको पाइएको छ । यस्तै १५ वटा वालेटहरुका साथै बाइनान्समार्फत २ वटा खाता प्रयोग गरी विभिन्न २४३ वटा क्रिप्टोकरेन्सीमार्फत कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण