मनाङलाई आयल निगमको ऐतिहासिक प्रायोजन
काठमाडौं । नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दीलाई नेपाल आयल निगमले ऐतिहासिक प्रायोजन गरेको छ । निगमले स्वर्णजयन्ती (स्थापनाको ५०औं बर्ष) को अवसरमा मनाङको फुटबल खेल विकासमा ३५ लाख रुपैयाँ प्रायोजन सहयोग गरेको हो ।
मनाङ र निगमबीच सोमबार प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्तक्षर भएको छ । निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एकबर्षको लागि गरिएको हो । सम्झौता अनुसार मनाङले आफ्नो नामको अगाडी आयन निगमको नाम राखेर फुटबल खेल्नेछ ।
नेपाली क्लब फुटबलमा मनाङले पाएको यो अहिले सम्मकै ठूलो प्रायोजन सहयोग हो । यसअघि अन्य क्लबले २५ लाख रुपैयाँ प्रायोजन पाएका थिए । निगमले सामाजिक उत्तर दायित्व अन्तर्गत देशकै प्रतिष्ठित क्लब मनाङलाई सहयोग गरेको निगमका प्रमुख पौडेलले बताए ।
उनले आगामी दिनमा खेलकुदका अन्य गतिविधिमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ३८ बर्ष अघि स्थापना भएको मनाङ नेपाली फुटबलकै चर्चित र सफल क्लब हो ।
मनाङले अहिले सम्म सर्वाधिक आठ पटक शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । यसपटकको जारी लिगमा पनि मनाङ १३ अंक सहित उपाधिको दौडमा रहेको छ । देशकै प्रतिष्ठित कम्पनीसँगको सहकार्यले क्लबलाई उत्साहित बनाएको मनाङका अध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण