शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : पुलिस विजयी
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नवौँ चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बल–एपिएफ० क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने । उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
रवि पासवानको कर्नरमा एपिएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए ।
खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले नौ खेलमा १४ अङ्क जोडेको छ । त्यस्तै पराजित एपिएफ ९ खेलमा ५ अङ्क जोडेर अङ्क तालीकाको १३औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण