चितवनमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुँदै
चितवन । एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ ।
यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ ।
भरतपुरको क्याम्पा चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक लोक प्रताप राणाले जानकारी दिए ।
उनका अनुसार प्रत्येक टीमले ए डिभिजन लिग खेल्ने र सरकारको कार्य अनुमतिपत्र लिएका ३ विदेशी खेलाडी समेत समावेश गर्न पाउने छन् ।
गोल्डकपमा प्रथम हुनेले १० लाख र दोस्रो हुनेले ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। साथै हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १० हजार र मेडल प्रदान गरिने छ ।
त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार नगद पनि प्रदान गरिने राणाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण