वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ
सोमबार, २७ माघ २०७६, १३ : ०९
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ ।
पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा औषधि छैन, डाक्टरको सेवा पनि पाइँदैन
-
तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, तस्बिरहरू
-
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित
-
पूर्वराजा शाह ललितपुर आउने
-
अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा युवती पक्राउ
-
१० वर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा अन्तिम सुनुवाइतिर