सन्दीपको टी–२० मा सय विकेट पूरा
शनिबार, १७ फागुन २०७६, १४ : ०७
एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।
सन्दीपले थाइल्याण्डमा शनिबार देखि सुरु भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा विकेट लिँदै ऐतिहासिक उपलब्धि हात पारेका हुन् ।
यसअघि ९९ विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध विकेट लिएपछि सय विकेटको आँकडा पूरा गरे । उनले मलेसियाविरुद्ध आज दुई विकेट लिए ।
सन्दीपले पहिलो ओभरको दोस्रो बलमा मलेसियाका भिरनदिप सिंहलाई र अर्को बलमा खिजार हायतलाई आउट गरेका थिए । यससँगै सन्दीपले टी–२० एक सय एक विकेट पूरा गरेका छन् ।
सन्दीपले नेपालको राष्ट्रिय टोलीबाट १८ खेल खेल्दै ३० विकेट लिएका छन् । बाँकी ७१ विकेट विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलेर लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण