शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

शुक्रबार, २२ जेठ २०८३, १२ : ३३
शुक्रबार, २२ जेठ २०८३

धादिङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षीय विकास श्रेष्ठ रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

श्रेष्ठले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप