घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका रूपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
झापाको टाङ्घनडुब्बा चौकीमा कार्यरत चापागाईंमाथि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ ।
यस्तै बिल फरफारक गरिदिने प्रयोजनका लागि भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईले रु पाँच हजार घुस लिएको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । हुखोला खानेपानी योजनाको बिल मिलाइदिने प्रयोजनका लागि राईले घुस मागेको आयोगले आरोप लगाएको छ ।
यस्तै आयोगले नेपाल विद्युत् प्राधिरकण विद्युत् वितरण केन्द्र सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक शेरबहादुर सुनारविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय भवनको तला थप्ने क्रममा कार्य सकिएपछि बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस माग गरेको आरोप सुनारमाथि लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
पाल्पाको निस्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, तेह्र घाइते
-
भरतपुर भ्रमण वर्षका सन्दर्भमा दाहाल र न्यौपानेबिच छलफल
-
उपप्रधानमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलको अनुगमन
-
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
-
शर्मिलाले चुमिन् छैटौँ ब्युटिसियन ट्यालेन्ट नेपालको ताज