कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रिपरिषद् गठन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कँडेलले मंगलबार मन्त्रिपरिषद् गठन गरेको बुधबार प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।
यसअघि उनकै दलबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका छन् ।
प्रदेशमा एमालेभित्र शाह र कँडेलबिच गुटबन्द्धीको राजनीति छ । वैशाख १८ गते कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए । तर, शाहले दलका नेता समेत रहेका कँडेलले एकलौटी गरेको, सांसदहरूबिच कुनै सल्लाह नगरेको र पार्टी केन्द्रको निर्देशन विपरीत मन्त्री बनाइएको भन्दै शपथ बहिष्कार गरेका थिए ।
शाहले पार्टी केन्द्रबाट आफूलाई भौतिक मन्त्री बनाउन भन्ने कुरा आएको बताउँदै आएका छन् । त्यसपछि कँडेलले शाहसँग छलफल गरेनन् । शाह त्यसको भोलिपल्टै काठमाडौँ हानिए । शाह पक्षधर सांसदहरूले पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेललाई समेत भेटेर विवादको नालीबेली सुनाएका थिए । तर अहिलेसम्म पनि पार्टी केन्द्रबाट समस्याको समाधानका लागि कुनै निष्कर्ष नआएपछि कँडेलले उक्त मन्त्रालय आफैसँग राखेर मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
कँडेलले पार्टी केन्द्रबाट फलानोलाई यही मन्त्री बनाउनु भनेर कुनै निर्देशन नआएको बताउँदै आएका छन् । कँडेलले कानुन मन्त्रालय पनि आफैसँग राखेका छन् । शाह भने अझै काठमाडौँमै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण