तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो ।
प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । प्याकेज–१ र २ मा निर्माण धमाधम भइरहेको भन्दै प्याकेज–३ मा प्रसारण लाइनका लागि रुख कटान नहुँदा निर्माण प्रभावित भएको उनले बताए ।
तनहुँको तुलनामा चितवन खण्डमा सालका ठुला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नभएसम्म काम अघि बढाउन नसक्ने उनले बताए । दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको लागि प्याकेज–३ अन्तर्गत ३४.७ किलोमिटर दूरीमा प्रसारण लाइनको काम अघि बढाइएको थियो । कूल ९४ वटा टावरमध्ये ७६ वटा टावरको फाउण्डेसन कार्य सम्पन्न भएको छ, भने ५६ वटा टावर बनाइसकिएको छ ।
उक्त प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनल लिमिटेड भारतले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण सम्पन्न गर्ने सम्झौता अवधिसमेत समाप्त भइसकेको सो आयोजनाले जनाएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण