बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमले भारतीय ब्याट्सम्यान विराट कोहलीको कीर्तिमान तोडेका छन् । पाकिस्तान र आयरल्यान्डबिचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले कोहलीको कीर्तिमान तोडेका हुन् ।
उक्त खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । जितसँगै पाकिस्तानले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको थियो । उक्त खेलपछि बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ५० वा त्योभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आमजले ३९औँ पटक ५० वा त्योभन्दा बढी रन बनाएका हुन् । कोहलीले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ पटक ५० वा त्योभन्दा बढी रन बनाएका छन् । यो सूचिमा भारतीय टोलीका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन् ।
रोहित शर्माले हालसम्म ३४ पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० वा त्योभन्दा बढी रन बनाएका छन् । आयरल्यान्डविरुद्धको तेस्रो खेलमा बाबर आजमले टोलीका लागि ७५ रनको योगदान गरे । उनले केवल ४२ बलको सामना गरी पाँच छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण