शर्मिलाले चुमिन् छैटौँ ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
काठमाडौँ । ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन् । बेष्ट नेलआर्टको उपाधि समेत हात पारेकी उनले २५ हजार नगद सहित विभिन्न उपहार प्राप्त गरिन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनले आयोजना गरेको जमल स्थित नाचघरमा आयोजित प्रतियोगितामा फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले जित्दा सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हासिल गरे ।
डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पूजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाइनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्ट लगायत निर्णायक रहेको प्रतियोगितामा थुप्रै उपविजेता समेत छानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण