बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग ६ करोडमा ठेक्का सम्झौता भएको जानकारी दिए । गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो ।
सम्झौताअनुसार सडकमाथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुनेगरी निर्माण गरिने इन्जिनीयर सिग्देलले बताए ।
हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । राजमार्गको भ्यागुतेपानी, बूढीतोलालगायतका क्षेत्रमा वर्षातका बेला पटक–पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ ।
सोही सडकखण्डको भ्यागुतेपानीमा एक सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात
-
नेतृत्वविहीन रास्वपा तेस्रो स्थापना दिवस मनाउँदै, रविमाथि मुद्दाको चाङ
-
मनिष झालाई प्रश्न– रविले कतै बदमासी गरेजस्तो लागेको छैन ?
-
फ्लामेङ्गोसँगको हारले चेल्सी संकटमा
-
योगका ८ अंग