धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
रसुवा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
चालु आर्थिक वर्षको चैतसम्म रसुवा जिल्लामा भएका विकास निर्माणको लेखाजोखा गर्न जिल्ला समन्वय समितिले आज सदरमुकाम धुञ्चेमा आयोजना गरेको समीक्षा गोष्ठीलाई मन्त्री जोशीले धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड जान सहज बनाउनका लागि धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माण आवश्यक रहेको बताए ।
उनले जिल्लाको समग्र विकासका कार्यक्रम तर्जुमा गर्दा कुनले के काम गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिबीच एकआपसी छलफल गरेर समन्वयात्मक तवरले अगाडि बढ्न आग्रह गरे । मन्त्री जोशीले स्थानीय तहमा युवालाई रोजगार सिर्जना, बढी प्रतिफल दिने कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।
जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा भएको समीक्षा गोष्ठीमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य साङ्तेम्वा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष मानबहादुर तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङलगायतले रसुवाली सबैखाले विकास निर्माणका योजना तर्जुमा गर्नुपूर्व सबै पक्षको समन्वय गर्न जरूरी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण