शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

झम्सीखेलको पहिलो जित

बुधबार, २८ फागुन २०७६, १९ : ११
बुधबार, २८ फागुन २०७६

काठमाडौं । झम्सीखेल युवा क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा झम्सीखेलले श्रीकुमारी क्लबलाई २–० गोलले हरायो । झम्सिखेलको जितमा भुवन राई र मदन स्याङतानले गोल गरे । लिगमा चार खेल सकेको झम्सीखेलले तीन अंक बनाएको छ । अर्को खेलमा नयाँबस्ती युवा क्लबले श्रीभगवती क्लबलाई २–१ गोलले हरायो । नयाँबस्तीको जितमा सचु गुरुङ र सन्जोग राईले गोल गरे । श्री भगवतीका लक्ष्मण जिसीले सान्त्वना गोल फर्काए ।

चैत २३ गतेसम्म सञ्चान हुने लिगका ‘बी’ डिभिजनका १२ क्लबले भाग लिएका छन् । लिगको विजेता टोली ‘ए’ डिभिजनका बढुवा हुनेछ । तालिकाको अन्तिममा रहने टोली रेलिगेसनमा (‘सी’ डिभिजनमा) झर्नेछ । यसैगरी लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गर्नेछ । लिग आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप १० लाख रुपैयाँ प्रदान गरेको छ । प्रत्येक खेलको विजेता टोलीले २० हजार र खेल बराबरी भएका सात हजार पाँच सय रुपैयाँ पनि थप प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप