मैदानमै हानाहान, एकै खेलमा ८ वटा रातो कार्ड
दक्षिण अमेरिकाको ठूलो क्लब फुटबल प्रतियोगिता कोपा लिबेर्टाडोरेजको एउटै खेलमा आठ खेलाडीले रातो कार्ड पाएका छन् । समूह चरण अन्तर्गत शुक्रबार भएकोे ग्रेमिओ क्लब र इन्टर नासिओनलबीचको खेलमा रेफ्रीले दुवै टोलीका चार चारजना खेलाडीलाई रातो कार्ड देखाएका हुन् ।
खेल गोलरहित बराबरीमा सकिन लाग्दा अतिरिक्त समयमा दुवै तर्फका खेलाडी झगडामा उत्रिएका थिए । मैदानमा खेलाडीबीच एकले अर्कोलाई किक हान्न थालेपछि रेफ्रीले रातो कार्डको बर्षा गरेका थिए ।
खेलाडीबीचको झडपले केही समय मैदान रणमूमिमा परिणत भएको थियो । बराबरीसँगै समुह ‘ई’ मा रहेका यी दुवै टोलीले एक एक अंक बाँडेका छन् । समूहमा दुवैको समान चार अंक छ । कोपा लिबेर्टाडोरेजमा सर्वाधिक रातो कार्ड भएको भने यो दास्रो पटक हो । यसअघि सन् १९७१ मा बोका जुनियर र स्पोर्टिङ क्रिस्टलबीचको खेलका १९ खेलाडीले रातो कार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन