आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नाम्चेका सम्पूर्ण होटलहरु बन्द

शुक्रबार, ०७ चैत २०७६, १० : १५
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द भएका छन् । 

नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द गरिएको जानकारी दिएको हो । 

कोभिड-१९ अर्थात् कोरोनाको भाइरसको विश्व महामारीका बीच नेपाल सरकारले घोषण गरेअनुरुप महामारीको उच्च सतर्कता अपनाउदै नाम्चेमा सञ्चालित सबै होटल तथा लजहरु बन्द गर्ने निर्णय गरेको एसोसिएसनले बताएको छ ।

अध्यक्ष मिङ्मा शेर्पाद्वारा जारी प्रेस विज्ञप्तिमा अर्को सूचना नआएसम्मलाई बन्द जारी रहने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप