नइ प्रकाशनका चार कृति लोकार्पण
काठमाडौँ । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्ती मनाएको छ । आइतबार एक समारोहबिच काठमाडौँमा फाउन्डेसनले जोशीको १०५ औँ जयन्ती मनाएको हो ।
सोही अवसरमा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की, प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गरेका छन् ।
प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्राडा सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि : ललित त्रिपुरसुन्दरी’, डा.अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास’ र अणुराज जोशीद्वारा सामू उप्रेतीको उपन्यास ‘तिम्रो म’ को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृतिहरु आज लोकार्पण भएका हुन् ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सुनीता कार्की, प्रा.डा.सावित्री कक्षपती, डा.अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण