स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ
आइतबार, ३० वैशाख २०८१, २२ : ४९
जलेश्वर । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
भारतबाट प्र.२–०२–००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्यूँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेको राइनलाई मटिहानी –७ स्थित पुल नजिकै खटिएको प्रहरीले शङ्का लागेर जाँच गर्दा उनको झोलाबाट स्रोत नखुलेको रु ६ लाख ६८ हजार पाँच सय बरामद गरेको हो ।
प्रहरीले राइनलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण