बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कोरोना कोषमा २५ लाख सहयोग

आइतबार, ०४ जेठ २०७७, १६ : ०२
आइतबार, ०४ जेठ २०७७

काठमाडौं– नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.२५ लाख सहयोग गरेको छ । 

उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले  हस्तान्तरण गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट उप–सचिव विष्णु प्रसाद घिमिरे र बैंक व्यवस्थापनको तर्फबाट सुवर्ण कुमार सिंह समेतको उपस्थिति रहेको थियो । 

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्य सहित स्थापना भएको बैैंकको हाल अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी रु.२० अर्व पुग्नेछ ।

बैंकले आ.व.२०७६÷७७ को तेस्रो त्रयमासमा रु.५९ करोड ६४ लाख २८ हजार खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप