बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नोबेल अस्पतालमा लेजर प्रविधिबाट पत्थरीको शल्यक्रिया सुरु

शुक्रबार, ३० जेठ २०७७, २२ : ४७
शुक्रबार, ३० जेठ २०७७

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रविधिबाट मृगौलाको पत्थरी निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रविधिमार्फत मृगौलाको पत्थरी निकाल्न थालिएको हो । ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पत्थरी निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ ।

चिकित्सकहरुका अनुसार यो प्रविधिमार्फत मुत्रनलीबाट दुरविन छिराएर मृगौलासम्म पुर्याई लेजर प्रविधिमार्फत पत्थरी फुटाएर निकाल्ने गरिन्छ । नोबेलका यूरोलोजिष्ट डा.रामसागर शाह र डा.जीत श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले लेजर प्रविधिमार्फत शल्यक्रिया थालेको हो ।

यसअघि शरीरमा प्वाल पारी मृगौलाको पत्थरी फुटाएर निकाल्ने गरिन्थ्यो । शरीरमा प्वाल बनाउँदा बिरामीको अस्पताल बसाई लामो हुने र घाउ निको हुन समय लाग्ने गरेको भएपनि प्वाल नबनाई लेजर प्रविधिमार्फत ढुंगा निकाल्दा बिरामीलाई धेरै सहज हुने नोबेलका यूरोलोष्टि डा.रामसागर शाह बताउँछन् । उनी भन्छन्– ‘प्वाल पारेर पत्थरी निकाल्दा घाउ निको हुन करिब १५ दिन लाग्छ । तर, लेजर प्रविधिबाट पत्थरी निकाल्दा घाउ नै नहुने हुँदा बिरामी भोलिपल्टै डिस्चार्ज हुन्छन्, पर्सीपल्टदेखि नर्मल अवस्थामा फर्कन सक्छन् ।’

यता, नोबेलमा प्रोस्टेटको पनि लेजर प्रविधिबाट शल्यक्रिया थालिएको छ । चिरफार नगरी लेजर प्रविधिबाट प्रोस्टेटको पनि शल्यक्रिया गर्न थालिएको नोबेलका यूरोजोजिष्ट डा.जीत श्रेष्ठले जानकारी दिए । नोबेलले लेजर प्रबिधिबाट शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरुलाई उपचारमा सहजता मिलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप