लखनउमाथि दिल्लीलाई १९ रनको जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्टसलाई १९ रनले पराजित गरेको छ ।
जितसँगै तालिकामा १४ अंक बनाए पनि प्लेअफमा पुग्ने आशा एकदमै न्यून रहेको छ । अहिले दिल्ली तालिकाको पाँचौं स्थानमा छ । अन्य टिमको नतिजाका आधारमा दिल्लीको प्लेअफ यात्रा टुङ्गोमा पुग्ने छ ।
दल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । जवाफमा लखनऊले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो ।
टस हारेर ब्याटिङ गरेको दिल्लीको टोलीलाई २०८ रनसम्म पु¥याउन अभिषेक पोरेल र ट्रिस्टन स्टब्सले महत्वपूर्ण योगदान दिएका थिए । अभिषेक पोरेल पनि ३३ बलमा ५८ रन बनाएर पभेलियन फर्किए । पोरेलले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे ।
इनिङ्सको अन्त्यमा स्टब्सले २५ बलमा ३ चौका र ४ छक्का सहित ५७ रनको उत्कृष्ट इनिङ खेले । यी दुई ब्याट्सम्यान बाहेक शाई होपले ३८ रन र कप्तान ऋषभ पन्तले ३३ रनको योगदान दिए भने ज्याक फ्रेजर म्याकगुर्कले खाता नखोल्दै आउट भए । लखनउका लागि नवीन उल हक महँगो साबित भए पनि उनले अधिकतम २ विकेट लिए ।
२०९ रनको कठिन लक्ष्य पछ्याउने क्रममा लखनउको सुरुवात निकै खराब रह्यो । कप्तान केएल राहुल ५ रन, मार्कस स्टोइनिस ५ रन, क्विन्टन डी कक १२ र दीपक हुडा खाता नखोली नै पभेलियन फर्किए । लखनऊले ४४ रनको स्कोरमा ४ विकेट गुमाएपनि अर्को छेउमा निकोलस पुरनले तुफानी ब्याटिङ जारी राखे ।
पुरानले २७ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट इनिङ खेले । मध्यक्रममा आयुष बडोनीले ६ रन जोड्दा क्रुणाल पाण्ड्याले १८ रन बनाए पनि अन्तिममा अरशद खानले ५८ र युधवीर सिंह चरकले १४ रन बनाएका थिए । तर, दुवै ब्याट्सम्यानले टिमलाई जितभने दिलाउन सकेनन् ।
दिल्ली क्यापिटल्सले आईपीएल २०२४ को सिजन जितसँगै समाप्त गर्यो र दिल्लीले आधिकारिक रूपमा प्रतियोगितामा आफूलाई कायम राखेको छ तर नेट रन रेटका आधारमा टोली लगभग आउट भइसकेको छ ।
आरसीबी र चेन्नईबीचको खेल प्लेअफको दृष्टिकोणले महत्वपूर्ण बनेको छ । तर, यदि सनराइजर्स हैदरावादले आफ्ना दुवै खेल ठूलो अन्तरले हारे र लखनउले पनि अन्तिम खेलमा मुम्बईसँग हारे भने दिल्लीले प्लेअफमा स्थान बनाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण