विपद व्यवस्थापन बैठक : बाढी-पहिरो पीडितहरुको व्यवस्थापनका लागि यस्तो तयारी
काठमाडौं । बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको हो । कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउँदै आएका बेला प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो निश्कर्ष निकालिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनस्र्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । घटनामा २६ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा भन्दा धनी प्रधानमन्त्री छन् यस देशमा
-
असोज पहिलो साता १० औँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने, पहिलो पटक किनमेल बजार
-
शराबीको ४० वर्ष : जब अमिताभको चोट स्टाइल बन्यो
-
महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति
-
टीओआरमा सहमति नहुँदासम्म संसद् नचलाउन सभामुखलाई प्रतिपक्षको आग्रह
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै