राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा
लन्डन । बेलायतमा राजासँग भन्दा धेरै सम्पत्ति प्रधानमन्त्रीसँग छ । बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित धनाढ्यको पछिल्लो सूचीले यस्तो देखाएको हो । रिपोर्टका अनुसार प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति गएको एक वर्षमा १२ करोड पाउण्डले बढेर कुल ६५ करोड १० लाख पाउण्डमा पुगेको छ । यस अवधिमा राजा चार्ल्सको कुल सम्पत्ति ६० करोड पाउण्डबाट बढेर ६१ करोड पाउण्ड पुगेको छ ।
पत्रिकाका अनुसार बेलायतमा अरबपतिहरूको संख्या घट्दै गइरहेको छ । सन् २०२२ मा १७७ रहेको अर्बपतिहरूको संख्या घटेर १६५ मा आएको छ । सूचीमा भारतीय मूलका बेलायती व्यापारी गोपी हिन्दुजा र उनको परिवार ३७ अर्ब २० करोड पाउण्डको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् ।
सम्पत्तिको यो आकार अर्बपतिहरुको सूचि प्रकाशित गर्न थालेयताकै उच्च हो । दोस्रो स्थानमा सर लियोनार्ड ब्लावटनिक छन् । उनको नेटवर्थ २९ अर्ब २० करोड पाउन्ड छ । तेस्रो स्थानमा २४ अर्ब ९० करोड पाउन्ड नेटवर्थ सहित डेभिड र साइमेर रुबेन र परिवार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण