टीओआरमा सहमति नहुँदासम्म संसद् नचलाउन सभामुखलाई प्रतिपक्षको आग्रह
काठमाडौँ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ । विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।
नयाँ बानेश्वरमा बसेका कांग्रेससहितको विपक्षी मोर्चाको बैठक लगत्तै राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई भेटेर टिओआरमा सहमति नजुट्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन् ।
यसैबिच संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण