भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु
एजेन्सी । भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार