बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल आइएमईको कर्जा योजनाः घर, गाडी र शेयरको धितो कर्जामा आकर्षक व्याजदर, तीन दिनमै पाइने

बुधबार, ०७ साउन २०७७, १८ : ०५
बुधबार, ०७ साउन २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५% व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ । यसैगरी बैंकले ८.९९% मा गाडी कर्जा र ९.४९% मा शेयरको धितोमा कर्जा प्रवाह गर्नेछ । 

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट÷क्रेडिट कार्ड जारी शुल्कमा ५०५%छुट र लकर सुविधामा ५०% छुट प्रदान गरिनेछ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको हो । 

कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई बैंकले अनुरोध गरेको छ । 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप