फोर्ब्सको ‘३० अन्डर ३०’मा नेपालबाट श्रेया गिरी र काजोल सेठिया समेटिए
काठमाडौँ । अमेरिकी व्यवसायीक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिहरुको सूची ‘३० अन्डर ३०’ मा दुई नेपाली युवती परेका छन् । डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी र भेगन डेरी नेपालकी काजोल सेठिया परेका हुन् ।
गिरीलाई सामाजिक रूपमा प्रभाव पार्न सक्ने व्यक्तिहरूको सूचीमा राखिएको छ । लन्डनमा पढाई सकेर काठमाडौँ फर्किएकी गिरीले मानसिक रोगबारे समाजमा व्याप्त नकारात्मक धारणाहरू तोड्ने मिशन सुरु गरेकी थिइन् । ह्याप्पी माइन्ड्सले व्यक्तिगत रूपमा अनलाइन र व्यक्तिगत रुपमै पनि परामर्श सेवा दिने गरेको छ ।
यो संस्थाले युनिलिभर नेपाल, लिपफ्रग र द ब्रिटिश कलेजसँगको सहकार्यमा रोजगारी टेवा कार्यक्रम चलाइरहेको छ । यसमा सम्बद्ध संस्थाका कर्मचारीहरुलाई निःशुल्क मानसिक परामर्श जस्ता सेवा दिने गरिएको छ । ह्याप्पी माइन्सले सन् २०२२ को सार्क स्टार्ट अप अवार्डमा पनि नेपालको तर्फबाट सर्वोत्कृष्ट न्यूकमर अवार्ड पाएको थियो ।
सेठियालाई भने कला श्रेणीमा राखिएको छ । काजोल भेगन डेरी नेपालकी संस्थापक हुन् । सिंगापुरमा इञ्जिनियरिङ पढिरहेको बेलामा उनी शाकाहारी भइन् । नेपाल आएपछि सन् २०१८ मा भेगन डेरी नेपाल खोलिन् ।
यसले दूध, चिज, दही, नौनी लगायत शाकाहारी सामानहरू बेच्ने गरेको छ । सन् २०२४ को शुरुमा सेठियाले मकालु नामक दोस्रो भेञ्चरको घोषणा गरेकी थिइन् । सेठियाले सन् २०१९ मा पेटा एशियाबाट आउटस्ट्यान्डिङ एक्टिभिष्ट अवार्ड पनि पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण