खगराज भट्टलाई संसदीय दलको नेताभन्दा माथि राख्ने माओवादी संसदीय दलको निर्णय
बिहीबार, ०३ जेठ २०८१, २१ : ००
काठमाडौँ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका पूर्वनेता खगराज भट्टलाई संसदीय दलका नेताभन्दा माथि राख्ने निर्णय भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेताभन्दा माथि राख्ने निर्णय गरेको सांसद रमेश सिंह धामीले जानकारी दिए ।
माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका भट्टलाई माघ १२ गते बहुमत सांसदले हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए । त्यसयता उनी असन्तुष्ट रहँदै आएका थिए ।
उसो त फागुन १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम इन्चार्जको समेत जिम्मेवारी नदिएपछि उनी थप रुष्ट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण