‘प्रेम गीत–४’ सहित दुई फिल्मको तयारीमा सेन
काठमाडौं । फिल्म ‘प्रेम गीत–४’ बन्ने भएको छ । प्रेम गीत सिक्वेलका निर्माता सन्तोष सेनले नै यो फिल्म बनाउन लागेका हुन् । ‘प्रेम गीत–३’ निर्माण निर्देशन गरेपनि कोरोनाको कारण प्रदर्शन गर्न नपाएका उनले अहिलेको फुर्सदको समय ‘प्रेम गीत ४’को तयारी थालेका हुन् ।
‘प्रेम गीत–४’को लागि उनी अभिनेता प्रदीप खड्का र निर्देशक क्षेतेन गुरुङसँग मिलेर कथाको तयारीमा गरिरहेका छन् । कथा सकिने बित्तिकै कलाकार र प्राविधिक छनोटमा लाग्ने उनको योजना रहेको छ । फिल्म ‘प्रेम गीत ३’को रिलिज लगत्तै छायाँकनमा जाने योजना अनुरुप ‘प्रेम गीत ४’को तयारीमा आफू लागेको निर्माता निर्देशक सेनले बताए ।
हुन त लकडाउनमा अर्को नयाँ फिल्मको पनि उनले तयारी गरेका थिए । कमेडी लभस्टोरी जानरा रहेको उक्त फिल्मको पनि अहिले छायाँकन तयारी सकिएको छ । बिग बजेटमा बनेको ‘प्रेम गीत–३’ रिलिज पछि दुबै फिल्म एकसाथ छायाँकन निस्कन सेनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने