शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निराजन गौली : समाजसेवामा निरन्तर

सोमबार, १९ साउन २०७७, २१ : ५६
सोमबार, १९ साउन २०७७

नेपाली समुदाय मेलबर्नमा निराजन गौली नयाँ नाम होइन । अग्लो कद, मिजासिलो स्वाभव, समाजप्रति बफादार र तार्किक जवाफ बोकेका गौली विगत आठ वर्षदेखि अष्ट्रेलियाको मेलबर्नमा बस्दै आइरहेका छन् । 
जुन समयदेखि उनी अष्ट्रेलियामा रहँदै आएका छन्, त्यही समयदेखिनै नेपाली संघ संस्थाहरु लगायत एनआरएनए संस्थासँग प्रत्यक्षरुपमा आबद्ध रही काम गरेका छन् र हाल Australia Nepal Public Link (ANPL) को अध्यक्ष रहेका छन् । पेशाले सिभिल इन्जिनियर रहेका गौली अहिले ल्याट्रोब (Latrobe) युनिभर्सिटीमा पार्ट टाइम पीएचडी पनि गरिरहेका छन् । बिगत लामो समयदेखि काउन्सिलमा काम गरेका गौलीले हाल एउटा निर्माण कम्पनीमा Engineering Manager को रुपमा काम गर्दै आएका छन्  । दैनिकी बिहानदेखि साँझसम्मको कर्मचारीको जस्तो भएपनि शनिबार र आइतबारको समय उनले समुदायलाई दिएका छन् कुनै स्वार्थबिना । यसरी कर्मचारीकै दैनिकीबाटै पनि बिहान साँझपख समय मिलाएर समाजलाई दिएको कुरा हामीबाट त्यति टाढा पनि छैन ।

नेपालमा रहँदा होस् वा अहिले परदेशमा बस्दा समाजप्रति योगदान दिदाँ उनको मन कहिल्यै थाक्दैन, उनको खुट्टा कहिल्यै लड्बलाउँदैन । बरु आफ्नो मन मस्तिष्क अझ उर्जाशील भएर आउने उनी बताउँछन् । र यही कारणले विगतमा झैँ अहिलेको बिषम परिवेशमा पनि उनको समाज सेवा निरन्तर रहेको छ, तर भिन्न तरिकाबाट। हालसम्म संघसस्थाहरुमा रहेको संलग्नताको बारेमा प्रश्न गर्ने शिलशिलामा उनले यसबारे खुलेर जानकारी गराए ।  

उनले एनआरएनए भिक्टोरीयाको एसीसी मेम्बर हुँदै एनआरएनए एनसीसीको मेम्बरको रुपमा र विभिन्न संघ सस्थाहरुको पदाधिकारी र सदस्यको रुपमा काम गरिसकेका छन्। यसो त आफू कहिल्यैपनि ठूलो पदको लागि एकैचोटि हामफाल्ने पक्षमा नरहेकाे उनले बताए ।  बरु सधैँ प्रोग्रेसिब र निरन्तरतामा विश्वास राख्छन् उनी । उनले कुनैपनि कामगर्दा त्यस सम्बन्धित विषयमा सतहदेखि बुझेर र सतहमै रहेर केही वर्ष काम गर्न चाहने बताएका छन् । उनले ANPL मा पनि Victoria को सदस्यको भूमिकाबाट सुरु गरेर अहिले सो संस्थाको अध्यक्षको रुपमा काम गरिरहेका छन्।

त्यसैगरी विगतमा उनले समुदायमा गरेको थुप्रै कार्यहरुको बारेमा कुरा भए पनि अस्ट्रेलियन समुदायसंग हातेमालो गरेर सम्पन्न गरेको बता । 
उनले एनआरएनए अष्ट्रेलिया अन्तर्गत बनेको Draught effected Farmer support initiative program को संयोजकको हैसियतले Walgett Shire Council NSWसँगको साझेदारीमा “Beat the Heat” कार्यक्रमलाई सात हजार डलर सहयोग गरी एनआरएनए अष्ट्रेलियालाई च्यारिटेबल अर्गनाईजेसनको रुपमा विकास गर्न मद्दत गरेका थिए । यसो गरेर उनले सहयोग लिनेमात्र नभई, आवश्यक पर्दा अष्ट्रेलियन समूदायलाई सहयोग दिन सधैँ तयार छौँ भन्ने कुरा स्थापित गर्न सफल भएको बताएका छन् । 

हाल उनी समुदायसँगै जोडिएर काम गर्ने सिलसिलामा अष्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)  अध्यक्षको रुपमा कार्यरत छन् र यही संस्थाबाट understanding of Mental illness र Mental Health Australia बाट accredited Mental Health first Aid Training संचालन गर्दै आईरहेको छ । आज सम्म ११४ जनाले निशुल्क तालिम प्राप्त गरिसकेका छन् ।  त्यसैगरी Road Safety, Water Safety and Home and Car Safety with insurance information program भिक्टोरिया र मेल्बर्नको विभिन्न सहरहरुमा सम्पन्न भइसकेको छ । 'यस कार्यक्रमबाट थोरै भएपनि आर्थिक सहयोग गर्ने अवसर प्राप्त भयो जुन कार्यलाई म निरन्तर अगाडि बढाउने पक्षमा रहेको छु', उनले बताए । सो कार्यकर्म गत वर्ष सम्पन्न गरेको समेत उनले बताए। 

'यस वर्षका लागि समेत अस्ट्रेलियन सरकारबाट ग्रान्ट पाइसकेकोले हाम्रो यात्रालाई निरन्तरता दिइरहेका छौँ। यस वर्ष हाम्रा समुदायका ४० जनालाई ५ वटा Road safety सम्बन्धी जानकारीमुलक theory Class सम्पन्न गरिसकेपछि free मा Driving class दिने कार्यक्रम भएको हुँदा यस कोरोना भाइरसको कारण उत्पन्न विषम परिवेशमा भर्चुअल माध्यमबाट पहिलो ग्रुपलाई theory class, VicRoads को coordinator र Victoria Police का प्रतिनिधिहरुको समेत उपस्थितिमा सम्पन्न गरिसकेका छौँ र अब निकट भविष्यमा पहिलो ग्रुपलाई Driving class दिने कार्यक्रम रहेको छ भने अर्को २० जनालाई theory session सुरु गर्ने गर्छौँ।'उनले भने ।
 भिक्टोरियामा जारी लकडाउनको अन्त्य भएपछि १० जनालाई 2 दिने Bicycle Ed training दिएर trainer बनाउने समेत कार्यक्रम रहेको उनले जानकारी दिए । 

 COVID-19 को महामारीबाट भिक्टोरियामा रहेका नेपाली समूदाय पनि नराम्ररी प्रभावित भएको भन्दै उनले समस्यामा परेकाहरुलाई संस्थाको तर्फबाट २५०० डलर बराबर सहयोग गर्ने समेत जानकारी गराए । 
यस महामारीका कारणबाट समुदायमा Mental health को क्षेत्रमा धेरै नै आक्रान्त बनाउँदै लगेको र यसको असर देखिन थालेको परिपेक्ष्यमा यस समस्यालाई मलहमपट्टी लगाउनको लागि भिक्टोरियामा निकट भविष्यमा नै नि:शुल्क Understanding of Mental illness र Mental Health First Aid Training संचालन गरिने पनि जानकारी गराए । एएनपीएलले गएको वर्ष सम्पन्न गरेको र यस वर्ष चलिरहेको Road Safety कार्यक्रमको Road Minister Hon. Jaala Pulford ले Victoria Parliament मा प्रशंसासहित जानकारी समेत गराएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप