सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्कसपमा फिल्म ‘ज्वाइँ साब’

शुक्रबार, १४ वैशाख २०८१, १६ : २९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंँ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’ को वर्कसप सुरु भएको छ । फिल्मको छायाङ्कनलाई छिटो र छरितो बनाउन निर्माण युनिटले केही दिनअगाडि वर्कसप सुरु गरेको हो ।

वर्कसपमा फिल्ममा मुख्य कलाकारको रूपमा देखिने जितु नेपाल, नीति शाह, विल्सनविक्रम राई, हिमेश पन्त लगायत छन् । वर्कसपले कलाकारलाई एक अर्कोसँग नजिक्याएर अभिनय सहज बनाउने निर्देशक वसन्त निरौलाले बताए ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायाङ्कन वैशाखको अन्तिम साताबाट सुरु हुन लागेको हो । फिल्मको छायाङ्कन उपत्यका बाहिर हुनेछ । 

मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको फिल्ममा शङ्कर धितालको पटकथा तथा संवाद छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप