वर्कसपमा फिल्म ‘ज्वाइँ साब’
शुक्रबार, १४ वैशाख २०८१, १६ : २९
काठमाडौंँ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’ को वर्कसप सुरु भएको छ । फिल्मको छायाङ्कनलाई छिटो र छरितो बनाउन निर्माण युनिटले केही दिनअगाडि वर्कसप सुरु गरेको हो ।
वर्कसपमा फिल्ममा मुख्य कलाकारको रूपमा देखिने जितु नेपाल, नीति शाह, विल्सनविक्रम राई, हिमेश पन्त लगायत छन् । वर्कसपले कलाकारलाई एक अर्कोसँग नजिक्याएर अभिनय सहज बनाउने निर्देशक वसन्त निरौलाले बताए ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायाङ्कन वैशाखको अन्तिम साताबाट सुरु हुन लागेको हो । फिल्मको छायाङ्कन उपत्यका बाहिर हुनेछ ।
मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको फिल्ममा शङ्कर धितालको पटकथा तथा संवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण