बार्सिलोनाका खेलाडीमा कोरोना भाइरस देखियो
बार्सिलोनाले आफ्नो एक खेलाडीमा कोरोना भाइरसको संक्रमण देखेको जनाएको छ । उनी प्रि–सिजनको अभ्यासमा दौरान टोलमिा रहेका ९ खेलाडीको समूहका एक हुन् ।
यी खेलाडीमा कुनै लक्षण नदेखिएपनि पिसिआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो, उनी अहिले आफ्नै घरमा क्वारेन्टाइन बसेका छन् । बुधबार ला–लिगा क्लब एथलेटिको बिल्वाओले आफ्ना ६ खेलाडीमा संक्रमण देखिएको जनाएको थियो, उनीहरु पनि प्रि–सिजन अभ्यासमा थिए । त्यस्तै, भ्यालेन्सियाले पनि यसै साता आफ्ना दुुई खेलाडीमा कोरोना देखिएको पुष्टि गरेको थियो ।
त्यस्तै, एथलेटिको म्याड्रिडले पनि आफ्ना दुुई खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि बिहीबार लिस्बन जाने तयारीमा रहेका टोलीका सिनियर खेलाडीसँगको सम्पर्कमा यी संक्रमित खेलाडी नरहेको जनाएको छ ।
कोरोना भाइरसका कारण यसपटक च्याम्पियन्स लिगका क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरु सबै लिस्बनमा हुँदैछन्, क्वाटरफाइनल र सेमिफाइनलको नतिजा निर्धारण सिंगल लिग अर्थात् एकै खेलबाट हुनेछ । त्यस्तै, सर्वसाधारणले रंगशाला प्रवेश गर्न पाउने छैनन् ।
शुक्रबार बार्सिलोनाले बार्यन म्युनिख र त्यही दिन एथलेटिको म्याड्रिडले आरबी लाइपजिकको सामना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंकाको ‘कालोकालो कपालमा..’ सँगै आरजे इन्टरटेन्मेन्ट सुरु
-
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
कर्णाली जडीबुटी र बहुमूल्य डुङ्गाहरू बेचेर नै धनी बन्न सक्छ : मन्त्री अर्याल
-
कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि
-
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड
-
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु