सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

क्लिन फिडबारे नेपाल विज्ञापन संघ: बाहिर आएका टिप्पणीहरु भ्रामक, समयमै लागू गर्न सरकारसँग माग

आइतबार, ०४ असोज २०७७, २१ : ३०
आइतबार, ०४ असोज २०७७

काठमाडौं । केही समयदेखि विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति नेपाल विज्ञापन संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञापन संघले आज एक विज्ञप्ती जारी गरी क्लिन फिडबारे आएका समाचारप्रति आफ्नो संघको ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङ्क १५ मिति २०७६ कार्तिक ८ गते प्रकाशित भई कानूनी रुपमा अगाडी बढी सकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनुु आफैंमा विरोधाभाष छ । यस्ता विषयमा आमसञ्चार माध्यममा आएका समाचार तथा टिप्पणिहरु बदनियतपूर्ण छन् भन्ने नेपाल विज्ञापन संघको ठहर रहेको छ ।’

संघले अगाडि भनेको छ, ‘प्रकाशन भएका समाचार एवं टिप्पणीलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्ने विभिन्न व्यक्ति, संघ÷संस्था तथा सञ्चारगृहहरुलाई भ्रममा नपर्न समेत संघको अनुरोध छ ।’

विज्ञापन वोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडी बढाउने संघले जनाएको छ । साथै क्लिन फिडको समयावधि २०७७ कार्तिक ७ गते समाप्त हुने भएकोले समयमै लागु हुने विषयमा पनि संघलाई कुनै द्वीविधा नभएको बताएको छ ।  बिधेयकमार्फत कानुनी रुपमा अगाडि बढि सकेको क्लिनफिड तोकिएकै मिति २०७७ कार्तिक ८ गतेदेखि लागु गर्न सम्बन्धित मन्त्रालय एंव नेपाल सरकारसँग संघले माग गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप