अन्तरिक्षमा पनि बाँच्न सक्ने अमर जीव ‘पानी भालु’
अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा त्यो सम्भव छैन ।
तर यस पृथ्वीमा यस्ता अनौठा जीव पनि पाइन्छ, जसलाई अमर भनिँदा कुनै फरक पर्दैन । त्यस्तो अमर जीवको नाम हो पानी भालु (Water bear) । यसलाई मोस पिगलेट वा टरडिग्रेड पनि भनिन्छ ।
यो जीव हाम्रो नांगो आँखाले भने देख्न सकिँदैन । माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिने यो सूक्ष्म जीव आठ खुट्टे हुन्छ । यो पृथ्वीको जहाँ कहीँ पनि पाइन सकिन्छ । सामान्यतः जीव बाँच्न सक्छ भन्ने कल्पना नै नगरिएका स्थानहरुमा समेत यो जीव पाइन सकिन्छ । यो हिमालयको चुचरोदेखि समुद्रको अथाहा गहिराईसम्म पनि पाइन्छ । यो जीव विशेषतः लेउ र झ्याउमा पाइने गर्छ ।
आकारमा अति सानो भए पनि यो जीवले नष्ट गर्नै नसकिने, अजर–अमर जीवको रुपमा ख्याति कमाएको छ । यो अति सुख्खा, अति तातो वा चिसो, अति उच्च तथा न्यून चाप भएका स्थानहरु पनि बाच्न सक्छ । कतिसम्म भने यो अन्तरिक्षमा समेत बाँच्न सक्छ ।
Photo: https://en.wikipedia.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)
-
जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मिसुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी
-
ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी