उचाइ
अग्ला हिमचोटीमा
रुखहरु हुँदैनन्,
बिरुवा उम्रिदैनन्,
न हुन्छ घाँसकै खैरियत ।
हुन्छ त खैरियत फगत बरफको
जो हुन्छ कफन जस्तै सफेद औ,
मृत्यु जस्तै ठण्डा,
खेल्ने, हाँसोठट्टा गर्ने नदी
उनैको रुप धारण गरेर
पुर्पुरोमा हात राख्दै ढिका ढिका आँसु झार्छ
यस्तो ऊँचाई,
जसको स्पर्शमा
पानी पत्थर बन्छ,
यस्तो ऊँचाई
जसको दर्शन गर्दैमा हीनभाव चुलिन्छ,
अभिनन्दनको अधिकारी हो,
आरोहीहरुको निम्ति आमन्त्रण हो,
उसको शिरमा ती झण्डा गाड्न सक्छन् ,
तर त्यहाँ कुनै भंगेरो,
गुँड लाउन सक्दैन,
न कुनै लखतरान भा'को बटुवा
क्षणभर नै सही उसको छहारीमा यसो उँघ्न सक्छ ।
केवल ऊँचाई काफी हुँदैन,
साँचो यहीं हो,
सबैसंग अलक-थलग
परिवेशबाट पृथक
आफ्नैसंग कट्टिएर छुट्टिएर
शुन्यमा एक्लो उभिनु
पहाडको महानता होइन
विवशता हो ।
ऊँचाई र गहिराईमा
आकाश जमिनको फरक छ ।
जो जति अग्लो
उ उत्ति नै एक्लो हुन्छ,
सबै भारी आफैँ बोक्छ,
अनुहारमा फिस्स हाँसो भए पनि
मन मनै रोई हिँड्छ ।
ऊँचाईसंगै विस्तार पनि होस्
जसले गर्दा मान्छे
ठुटो जस्तो भएर उभिनु नपरोस्
अरुसंग घुलमिल हुन सकोस्
कसैसंग संगै हिँडोस् ।
कसैको साथ लिन सकोस्
भींडमा हराउनु ,
स्मृतिमा डुब्नु,
स्वयंलाई बिर्सनु,
तिनले अस्तित्वलाई अर्थ,
जीवनलाई सुगन्ध दिन्छन्
धर्तीलाई भुईंफुट्टाको होइन,
ऊँच्चा कदका मानिसको खाँचो छ ।
यति ऊँच्चो कि गगन छुउन्
नयाँ नयाँ नक्षत्रमा प्रतिभाका बिऊ रोपुन् ।
परन्तु त्यति ऊँच्चो पनि न होउन्
कि पाउमुनि दुवो न माडियोस्
कुनै काँडा न बिझोस्
कुनै कलि न मौलाओस् ।
न वसन्त होस् न न पतझड
फगत होस् ऊँचाईको आँधी,
मात्र एक्लोपनको सन्नाटा ।
मेरो प्रभु !
मलाई त्यति उचाई कहिल्यै नदिनु
कि परायासंग अङ्गालो हाल्न नसकूँ
यति रुखोपन कहिल्यै नदिनु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण