शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गोरखामा ३४ जुवाडे पक्राउ

आइतबार, ३० कात्तिक २०७७, १६ : १५
आइतबार, ३० कात्तिक २०७७

पोखरा । गोरखामा ३४ जना जुवाडे पक्राउ परेका छन् । तिहारको छेकोमा जुवा खेल्ने ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले ११ बजेको गोरखाको सिरानचोक गाउँपालिका ७ खहरे स्थित धनबहादुर गुरुङको घरमा अवैध रुपमा जुवा (कौडा) खेलीरहेको अवस्थामा प्रहरी टोली उक्त स्थानमा खटिएर छानबिन गर्दा प्रहरीले उनीहरुलाई पक्रेको हो । अवैध रुपमा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा सोही स्थानबाट जुवा १६ थान र नगद एक लाख पचहत्तर हजार सात सय पैतिस रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

नगदसहित पक्राउ परेका ३४ जनामाथि नै अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरु अधिकांश सिरानचोक गाउँपालिकाका छन् । ३२ मध्ये एकजना बारपाक सुलिकोटका र अर्का एक जना भिमसेन थापा गाउँपालिकाका रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप