केन्द्रीय संस्करण

काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै

person explore access_timeमंसिर ७, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ ।  महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो ।

चाहेर पनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यानमार्फत स्वाव संलकनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे । कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए । उनले स्थानीय स्तरबाट नै कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे । यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.