मेक्सिकोमा एक दिनमा ६ हजार बढी कोरोना भाइरस सङ्क्रमित थपिए
आइतबार, ०७ मङ्सिर २०७७, १६ : ५२
एजेन्सी । मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस सङ्क्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ । शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?