शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याकलिन फर्नान्डिसले सेयर गरिन् टपलेस फोटो, प्रशंसकले दिए यस्तो प्रतिक्रिया

बुधबार, १० मङ्सिर २०७७, १० : ०७
बुधबार, १० मङ्सिर २०७७

ज्याकलिन फर्नान्डिस आफ्नो बोल्ड तस्बिरका कारण अक्सर चर्चामा आइरहन्छिन् । एकपटक उनले पुनः सेमी–न्यूड तस्बिर सेयर गरेर चर्चा बटुलेकी छिन् । उक्त श्यामश्वेत तस्बिरमा प्रशंसकहरुले मज्जाले तारिफ गरिरहेका छन् । 

यो मोनोक्रोम तस्बिरमा ज्याकलिन असाध्यै ग्ल्यामरस देखिएकी छिन् । उनी सोफमा अडेस लगाएर बसिरहेकी छिन् । यसका साथै उनले आफूले आफैंलाई टोपीले ढाकेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘टाढा, धेरै टाढा...’

उनको यो बोल्ड तस्बिरमा कमेन्टको वर्षा भइरहेको छ । सेलिब्रिटी र प्रशंसक पनि उनको तारिफ गरिरहेका छन् । प्रशंसकले उनलाई सुन्दर, हट, आकर्षकलगायतका कमेन्ट गरेका छन् ।

ज्याकलिनले सेमी न्यूड लुक पहिलो पटक भने सेयर गरेकी होइनन् । यसअघि पनि उनले इन्स्टाग्राममा ४७ मिलियन फलोअर्स हुँदा ग्ल्यामरस फोटो सेयर गरेर धन्यवाद भनेकी थिइन् । 

उनले पिंक बटम वेयर र फूलको गुच्छा लिएर पोज दिएकी थिइन् । यसमा पनि उनी टपलेस देखिएकी थिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप