कोरोना बीमामा साढे २ अर्ब भुक्तानी, आधा बीमित अझै लाइनमा
काठमाडौं । कोरोना बीमाको मागदाबी भुक्तानीका लागि साढे २ अर्ब खर्च भएको छ । पुस मसान्तसम्म बीमा पुल व्यवस्थापकले बीमितलाई २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको बीमा समितिले जनाएको छ । समितिका अनुसार यो रकम २५ हजार ३ सय १३ जनाले पाएका छन् ।
हालसम्म ५१ हजार ७ सय १७ जनाले भुक्तानीका लागि मागदाबी गरेका छन् । त्यसमध्ये हालसम्म आधा भन्दा कम बीमितले मात्रै भुक्तानी पाउँदा सो बराबरको रकम खर्च भएको हो । कुल मागदाबी र भुक्तानीको आधारमा सो बीमाका लागि ५ अर्बभन्दा बढी खर्च लाग्ने देखिएको छ ।
कोरोना बीमाकोे भुक्तानीका लागि करिब ४ अर्बसम्मको भुक्तानी मात्रै सरकारको अनुदानबिना सम्भव हुन्छ । २० वटा निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी समेत गरी यो बीमाको भुक्तानीका लागि २ अर्ब रुपैयाँ जुटाउने सहमति गरिएको थियो । यो रकम संकलित प्रिमियम रकम समेतको हो । हालसम्म यो सबै भुक्तानी भइसकेको छ । महाविपत्ति कोषमा भएको रकम समेत खर्च भएर सकिने अवस्थामा पुगेको छ ।
भुक्तानीका लागि अब सरकारको भर !
कोरोना बीमाको दाबी भुक्तानीका लागि निजी क्षेत्रबाट प्राप्त हुने स्रोत सकिने चरणमा पुगिसकेको छ । अब गर्ने भुक्तानीका लागि सरकारी स्रोतकै प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ ।
पहिलो १ अर्बका लागि बीमा समितिले बीमा कम्पनीले बीमा शुल्कबापत संकलन गरेको रकमको रोयल्टीस्वरुप जम्मा भएको कोषबाट खर्च गर्ने व्यवस्था गरेको छ । यो रकम समेत गरी पौने ४ अर्ब रुपैंया बराबरको रकम जुट्ने बीमा समितिको अनुमान छ । अहिलेको मागदाबी अनुसार त्यति रकमले पुग्ने अवस्था नभएकोले दाबी भुक्तानीका लागि सरकारकै भर पर्नुपर्ने अवस्था आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै